समाचारबिहीबार, साउन ४, २०६९
एमाओवादीको आर्थिक अनियमितता छानविन गर्न आयोग बन्ने
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा ४ साउनमा बसेको बैठकले आयोग बनाएर अनियमितता छानविन गर्ने निर्णय गरेको हो । आयोगमा रहने सदस्यको टुँगो भने पार्टी पदाधिकारीले लगाउने छन् ।
राजधानीमा जारी विस्तारित बैठक स्वेच्छिक अवकाशमा गएका लडाकु र वाइसिएलका नेताहरुले शिविरभित्रको आर्थिक अनियमितताको स्पष्ट हिसाब चाहिने आर्थिक अनियमितता गर्नेलाई निलम्बन गर्नुपर्नेलगायतका माग राखेर ३ साउनमा अवरुद्ध भएको थियो ।
आयोग बन्ने निश्चित भएपछि पनि विवाद मिल्न नसकेपछि आज ११ बजेका लागि बोलाइएको बैठक ३ बजेलाई सारिएको छ ।
