समाचारसोमबार, मंसिर १७, २०७०
रामेछापमा बस दुर्घटना, ७ जनाको मृत्यु
रामेछापको रामपुरबाट यात्रुसहित सुन्तला लिएर सदरमुकाम मन्थलीतर्फ आइरहेको यात्रुबाहक बस सडकबाट २०० फिट तल खोल्सामा खस्दा ७ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
दुर्घटनामा परी घाइते भएका यात्रुहरूको पुरानो सदरमुकाम रामेछापस्थित अस्पतालमा उपचार भइरहेको रामेछाप जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सुन्दर भट्टराईले जानकारी दिए ।
दुर्घटनासम्बन्धी विस्तृत विवरण भने आउन बाँकी नै रहेको भट्टराईले बताएका छन् ।
