समाचारसोमबार, मंसिर १७, २०७०
बम विष्फोटका घाइते र मृतकका परिवारलाई क्षतिपूर्ति
१७ मंसीरमा बसेको मन्त्रिपरिषद् बैठकले ट्वान्टी ट्वान्टी विश्वकपमा छनौट भएको नेपाली टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप १० लाख रुपैया“ दिने निर्णय गरेको छ । त्यसैगरी प्रशिक्षक तथा टिम व्यवस्थापकलाई जनही ५ लाख र सहायक प्रशिक्षकलाई साढे ३ लाख रुपैया“ प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीहरुस“गकुरा गर्दै सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले सरकारले संविधानसभा सदस्यको निर्वाचन भयरहित र शान्त वातावरणमा निष्पक्ष रुपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चारजगत र पर्यवेक्षक तथा अनुगमनकर्तालगायतलाई धन्यवाद समेत ज्ञापन गरेको जानकारी दिए ।
त्यस्तै सरकारले ४ मंसीरमा काठमाडौंको भोटेबहालमा बम बिस्फोटबाट घाइते भएका बालक समीर खड्गीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, खड्गीलाई माध्यमिक तहसम्म निशुल्क पढाउने र उनका परिवारलाई १ लाख ५० हजार रुपैया“ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बैठकले गत २८ कात्तिकमा बारा र मकवानपुरमा सवारी आगजनीमा परी निधन भएका बस चालक र ट्रकका सहचालकलाई १० –१० लाख रुपैया“ राहत प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले स्थानीय स्वायत्त शासन सुधराका लागि स्वीस सरकारले गर्ने आर्थिक सहयोगबारे सहमति पत्रमाहस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी दिएको छ ।
