समाचारसोमबार, मंसिर १७, २०७०

नारायणकाजीले भने, ‘कमजोर हुँदा हार भयो’

हिमालखबर

मकवानपुरको दामनमा १७ मंसीरमा चुनावी समिक्षा गर्न आएका एमाओवादी नेता नारायणकाजी श्रेष्ठले पार्टी संगठन बलियो नहुँदा आफूले हारेको बताएका छन् । अरुको भर पर्नु, संगठन बलियो नहुनु, पार्टी फुट्नुजस्ता कारणले निर्वाचनमा पार्टीले पराजय भोग्नु परेको भन्दै नेता श्रेष्ठले पराजयका लागि अरुलाई दोष दिनुभन्दा आफ्नै पार्टीका कमजोरीहरु केलाउनु जरुरी रहेको बताए ।

मकवानपुर– २ बाट नेकपा एमालेका सुभाषचन्द्र ठकुरीसंग पराजित भएका श्रेष्ठले पार्टीको मुद्दा जनतालाई बुझाउन नसक्दा पनि विरोधीहरुका लागि जित सहज भएको दाबी गरे ।

संविधानसभा निर्वाचन–२०७० को प्रारम्भिक समिक्षाबाट धाँधली भएको पार्टीको ठहर भएको भन्दै श्रेष्ठले थपे, “हामी संविधानसभामा भाग लिन्न भनेका हैनौ, छानबिन हुनुपर्‍यो मात्र भनेका हौं ।”

चुनावी प्रचारका क्रममा आफूले पाँचजनाको माझ पनि भाषण गर्न बाध्य भएको भन्दै मकवानपुर–२ मा पार्टी संगठन कमजोर हुँदा आफूले हारेको नेता श्रेष्ठले बताए ।

उनले आफ्नो हारको समिक्षा गरेर स्थानीय निर्वाचनका लागि बलियो तयारी गर्न पनि कार्यकर्ताहरुलाई सुझाव दिएका छन् । त्यसैगरी कार्यकर्ताहरुले पनि चुनाव हार्नुको कारण पहिचान गरी थप व्यवस्थित हुन सुझाव दिएका थिए ।
सुरजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>