समाचारमंगलबार, मंसिर १८, २०७०

एमाओवादीलाई परिणाम स्वीकार्न राजदूत रेको आग्रह

हिमालखबर

नेपालका लागि भारतका राजदूत रञ्जित रे र एमाओवादी अध्यक्ष पुष्पकमलदाहालबीच १८ मंसीर बिहान भएको भेटमा संविधानसभा सदस्य निर्वाचन पछिको राजनीतिक परिस्थितिका बारेमा छलफल भएको छ ।

दाहाल निवास लाजिम्पाटमा भएको भेटमा राजदुत रेले एमाओवादीले संविधानसभामा सहभागी हुनका लागि राखेका शर्त सम्बन्धमा जिज्ञासा राखेका थिए । उनले निर्वाचनको परिणामलाई स्वीकार गरी संविधानसभाबाट जनताका आकांक्षा पूरा गर्न एमाओवादीलाई सुझावसमेत दिए ।

उनले निर्वाचनमा सहभागी नभएका दलहरुलाई समेत समेटेर तोकिएको समयमा संविधान जारी गर्नका लागि पहल गर्न पनि अध्यक्ष दाहाललाई आग्रह गरे ।

जवाफमा एमाओवादी अध्यक्ष दाहालले दलहरुबीच सहमति गरेर मात्र संविधान लेखन अघि बढ्नुपर्ने भन्दै सहमतीय प्रणालीबाट अघि बढेमात्र जनआकांक्षा अनुसारको संविधान लेख्न सकिने बताएको एमाओवादीका एक केन्द्रीय नेताले जानकारी दिए ।

दाहालले सहमतीय पद्धतीबाट अघि नबढे संविधानसभामा आफूहरु प्रस्तुत हुनुको औचित्य नुहेन बताएको ती नेताले बताए ।

४ मंसीरमा सम्पन्न संविधानसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ कुल २४० स्थानमध्ये एमाओवादीले २६ स्थानमा मात्रै जितेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>