समाचारमंगलबार, मंसिर १८, २०७०

राष्ट्रपतिको पनि निर्वाचन हुनुपर्छः नेता नेपाल

हिमालखबर

काठमाडौंको २ नम्बर क्षेत्र अन्तर्गतको कोटेश्वरमा निर्वाचनका बेला टाँसिएका प्रचार सामाग्री हटाउन आफै खटिएका एमाले नेता माधवकुमार नेपालले सञ्चारकर्मीहरुस“ग कुरा गर्दै नया“ जानदेश आएपछि शक्ति बाँडफाँडका लागि भए पनि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखको पुनः निर्वाचन हुनुपर्ने बताएका छन् ।

उनले व्यक्ति भन्दा पनि संस्था महत्वपूर्ण भएकाले सबैजना ताजा जनादेशबाट अनुमोदन भए मात्र लोकतान्त्रिक अभ्यास हुने टिप्पणी गरे ।

दलहरुबीच अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिने वा नयाँ निर्वाचन गर्ने भन्ने बहस चलिरहेका बेला एमाले वरिष्ठ नेता नेपालको यस्तो धारणा सार्वजनिक भएको हो ।

उनले एमाओवादीले जनमतको कदर गरेर संविधानसभामा जानुको विकल्प नभएको भन्दै जनमतको कदर नगर्नेलाई आगामी निर्वाचनमा जनताले झन ठूलो कारवाही गर्ने चेतावनी दिए ।

एमाओवादीसँग निर्वाचनमा धा“धली भएको प्रमाण भए प्रक्रियागत रुपमा कानूनी उपचार खोज्न नेता नेपालले सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>