थप समाचारमंगलबार, मंसिर १८, २०७०
जनकपुरमा विवाह पञ्चमी शुरु
त्रेता युगमा भगवान राम र सीताको विवाह जनकपुरमा भएको सम्झनामा परापूर्वकालदेखि नै जनकपुरमा धुमधामसँग विवाह पञ्चमी महोत्वस मनाउने गरिन्छ ।
सात दिन सम्म चल्ने महोत्सवको पहिलो दिन १८ मंसीरमा आयोजित नगर दर्शन कार्यक्रममा रामजानकीको प्रतिक स्वरुप दुई बालबालिकालाई साजश्रृंगारसहित जानकी मन्दिरको चारैतिर परिक्रमा गराइयो । सो अवसरमा महिलाहरुले विवाहको गित गाउंदै फूल बर्साउंदै बालबालिकालाई परिक्रमा गराएका थिए । नगरदर्शन हेर्नका लागि देशी–विदेशी श्रद्धालुहरुको भीड लागेको थियो ।
यसैगरी फूलवारी लिला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र रामकलेवा गरिने जानकी मन्दिरका व्यवस्थापकले जानकारी गराएका छन् ।
विवाह पञ्चमीमा सहभागी हुनका लागि पर्यटकहरुको भीड जनकपुरमा बढ्दै गएको छ । जानकी मन्दिरलाई पनि बेहुली झै सजाईएको छ भने साधुसन्तहरुको आवागमनका कारण मठ मन्दिर र धर्मशालाहरु भरीभराउ छन् ।
