थप समाचारबुधबार, मंसिर १९, २०७०
दमकमा आगलागीबाट १५ लाखको क्षति
झापा दमकको एउटा होटलमा ग्याँस सिलिण्डरबाट सल्किएको आगोले १५ लाख रुपैंया भन्दा बढीको क्षति पुगेको छ । दमक–१३ स्थित खनाल होेटलमा १८ मंसीर राती आगलागी हुँदा १५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
राती ग्याँस सिलिण्डरबाट आगो लागेको होटल संचालक लोकनाथ खनालले बताए । आगलागीमा परी एउटा फ्रिज, इन्भर्टर, दुईटा साइकल, पङ्खा, कुर्सी, टेबल तथा चिसो पेय पदार्थ भएका कार्टुन जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
दमक नगरपालिकाको दमकलले १८ मंसीर राती नै आगो नियन्त्रणमा लिएको थियो ।
गोपाल गडतौला, दमक
