थप समाचारबुधबार, मंसिर १९, २०७०
१७ किलो अवैध सुनसहित एक नेपाली र दुई चिनिया पक्राउ
सिन्धुपाल्चोकको तातोपानी नाकामा १७ किलो अवैध सुन प्रहरी र भन्सार कार्यालयका कर्मचारीले बरामद गरेका छन् । लुकाएर नेपाल ल्याउँदै गरेको सुन १९ मंसीर बिहान साढे ११ बजे बरामद भएको हो ।
सुन ल्याउँदै गरेका सिन्धुपाल्चोक मार्मी ८ की २५ वर्षिया ल्हामो तामाङसहित दुई जना चिनियालाई पक्रेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले हिमालखबरलाई जानकारी दिए ।
उनकाअनुसार पक्राउ पर्ने चिनियाहरु अन्दाजी २५ वर्षका एक युवक र एक युवती छन् । युवकले आफ्नो नाम जु तेइ र युवतीले जुन बताएका छन् ।
उनीहरुको साथबाट एक–एक किलोको १७ वटा सुनको ढिक्का भेटिएको बोहोराले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
