समाचारबुधबार, मंसिर १९, २०७०
सबैको सहमतिमा अघि बढ्न थापाको आग्रह
कोइराला निवास महाराजगञ्जमा १९ मंसीरमा भएको भेटमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले नेपाली कांग्रेस सभापति सुशील कोइरालासँग संविधान निर्माणका लागि सबै दलहरु मिलेर काम गर्नु जरुरी रहेको बताएको छन् ।
अध्यक्ष थापाले ठूलो दल भएकाले सबै दललाई सहमतिमा ल्याएर सरकार गठनको पहल गर्न सभापति कोइरालालाई सुझाव दिए । उनले अहिले प्रमुख कार्य संविधान निर्माण गर्नु भएकाले अरु शक्तिलाई पाखा लगाएर एक्लै अघि नबढ्न पनि कोइरालालाई आग्रह गरे ।
जवाफमा सभापति कोइरालाले नेकपा–माओवादीलगायत निर्वाचन बहिस्कार गरेका दलका अजेण्डा पनि अब बन्ने संविधानमा सम्बोधन गर्ने गृहकार्य भइरहेको बताएका थिए ।
कोइरालाले सबै भन्दा ठूलो दलको सभापतिका हैसियतले कांग्रेसले सरकारको नेतृत्व गर्ने तर, हैसियत अनुसार सबै दललाई सरकारमा सहभागी भई शक्ति सन्तुलन बनाउने पनि बिश्वास व्यक्त गरेका थिए ।
