थप समाचारबुधबार, मंसिर १९, २०७०
राजनीति संरक्षित अपराध नियन्त्रण हुन्छः आईजीपी अर्याल
जिल्ला प्रहरी कार्यालय धनुषाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा १९ मंसीर बिहान बोल्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक आवरणमा आतंक मच्चाउने र राजनीतिक संरक्षणमा अपराध गर्नेलाई कानूनी दायरामा ल्याउने बताएका छन् ।
“राजनीतिक आवरणमा र राजनीति गर्नेहरुको संरक्षणमा हुने अपराधिक गतिबिधिलाई प्राथमिकतामा राखी कारबाही अगाडि बढाइन्छ,” नेपाल प्रहरी प्रमुख अर्यालले भने,“प्रहरीका लागि कानूनविरोधि कार्य गर्ने सबै अपराधि नै हुन् ।”
मैथिलि भाषमा मन्तब्य राखेका अर्यालले शिक्षा आर्जन समेत जनकपुरमै गरेको र बाल्यकाल समेत जनकपुरमै बिताएकोले मिथिला क्षेत्रप्रतिको ब्यक्तिगत् दायित्व बढेको उल्लेख गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रामाशिष यादवले रामानन्द चौक विष्फोट घटनाको छानबीन गर्न गठित समितिको संयोजकको हैसियतले विष्फोटमा राजनीतिक संलग्नताबारे स्पष्ट गर्न माग गरे ।
रामानन्द चोकमा विष्फोट हुँदा प्रहरी नायब महानिरीक्षक रहेका अर्यालले उक्त घटनामा राजनीतिक संलग्नता हुने पर्याप्त आधार रहेको बताएका थिए ।
इश्वरचन्द्र झा, जनकपुरधाम
