समाचारशुक्रबार, साउन ५, २०६९
एमाओवादीले सर्वसत्तावाद लादेको कांग्रेस सभापतिको भनाई
तीसौँ बिपी स्मृति दिवसका अवसरमा कांग्रेस क्षेत्र नं ४ काठमाडौँले ५ साउनमा चुनीखेलमा आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति कोइरालाले माओवादीले बाह्रबुँदे समझदारीदेखि पछिल्लो पटकको राज्य पुनःसंरचनासम्मका सहमतिमा आफूखुसी व्याख्या गर्ने र कार्यान्वयन नगर्ने गरेकाले नै जेठ १४ मा संविधान नआएको बताए ।
कांग्रेस केन्द्रीय सदस्य सुप्रभा घिमिरे तथउ काठमाडौँ जिल्ला सभापति भीमसेनदास प्रधानलगायतले वर्तमान अन्योल हटाउन मेलमिलाप नीतिअनुरुप कांग्रेसकै नेतृत्वमा कदम लिइनुपर्ने बताए ।
क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न जातका एक हजार वृक्ष रोपिएको थियो ।रासस
