थप समाचारबिहीबार, मंसिर २०, २०७०
निर्वाचनपछि मकालुमा पर्यटक बढे
मकालु हिमाल आरोहण र निकुन्जमा संरक्षित बन्यजन्तु, पंक्षी र पुतली हेर्न यस वर्ष साउनदेखि कात्तिक सम्ममा बाह्य र आन्तरिक गरी ५ सय जना पर्यटक भित्रिएका छन् ।
निकुन्जको तथ्याङक अनुसार साउन महिनादेखि असोज महिनासम्ममा विदेशी मुलुकबाट २२२ जना र सार्क मुलुकका ११ जना आएका छन् ।
निकुन्जका प्रमुख ऋषि रानाभाटका अनुसार पहिले पहिले कात्तिक मंसीर महिनामा उल्लेख्य मात्रामा पर्यटकको आगमन हुने गरेको थियो तर, एमाओवादीको सशस्त्र हिंसाका बेला घटेका पर्यटकहरु संविधानसभाको दोस्रो निर्वाचनपछि बढ्न थालेका छन् ।
निकुन्ज मात्र नभएर मकालु हिमाल आरोहण र मनोरम दृश्य भएका कारण घुमघामका उद्देश्यले बढी पर्यटक आउने गरेको रानाभाटले जानकारी दिए ।
निकुन्जमा आर्थिक बर्ष ०६९÷०७० मा ८ सय १९ जना पर्यटक भित्रिएका थियए निकुन्जले ३ करोड ८२ लाख राजश्व संकलन गरेको थियो ।
निकुन्जमा ४३५ मिटरदेखि ८ हजार ४८३ मिटर उचाईसम्मको जैबिक बिबिधता भएका कारण पर्यटकहरु घुमघामसँगै जैबिक बिबिधताको अध्ययन र अवलोकनका लागि आउने गरेको पाइन्छ ।
सुरक्षाकर्मीको उपस्थिति बिना स्थानीयबासीको मात्र सहयोगमा संरक्षण गरिएको यो निकुन्जमा रेड पाण्डा, हिउँ चितुवा, कस्तुरी ,हिमाली कालो भालु, डाँफे, मयुर, मुनाल लगायतका लोपन्मुख बन्यजन्तुको अवलोकन गर्न पाइन्छ ।
छेटु शेर्पा, सङ्खुवासभा

