थप समाचारबिहीबार, मंसिर २०, २०७०
अजिंगरसहित एक जना पक्राउ
संरक्षित सूचीमा रहेको अजिंगरको प्रदर्शन गर्दै हिडिरहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भारत राजस्थानका बालकनाथ नाम गरेका व्यक्तिलाई १९ मंसीरमा काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।
उनको साथबाट सरिसृप अजिंगर पनि नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा अजिंगरलाई संरक्षित सूचिमा राखिएको छ ।
अन्दाजी २५ वर्षीय बालकनाथलाई आवश्यक कारवाहीका लागि २० मंसीरमा जिल्ला वन कार्यालय काठमाडौंमा बुझाइएको सीआईबीको भनाई छ ।
