समाचारबिहीबार, मंसिर २०, २०७०
अवैध रक्तचन्दनसहित एक जना पक्राउ
प्रहरीले अवैध रक्तचन्दनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं कोटेश्वरको सडक किनाराबाट १९ मंसीरमा रक्तचन्दनसहित सिन्धुपाल्चोक तातोपानी– ५ का पुष्प तामाङलाई पक्राउ गरेको हो ।
बा २ च ५१ नम्बरको टोयटा कारको पेट्रोल ट्यांकीमा पार्टेसन गरी रक्तचन्दन लैजाँदै गरेको अवस्थामा उनलाई पक्रिएको सीआईबीले जनाएको छ । उनको कारबाट २२ किलो ५०० ग्राम रक्तचन्दन प्रहरीले बरामद गरेको छ ।
उनले काठमाडौंबाट तातोपानी बोर्डरसम्म रक्तचन्दन पुर्याए वापत प्रति किलो पाँच हजार रुपैंया पाउने गरेको बताएको सीआईबीले जनाएको छ । उनले चलाएको टोयटा कार भने सिन्धुपाल्चोक घार्थली– ३ का ङिमा शेर्पाको नाममा रहेको सीआईबीको भनाई छ ।
तामाङलाई थप अनुसन्धानका लागि प्रहरीले २० मंसीरमा जिल्ला वन कार्यालय हात्तिसारमा पठाएको छ ।
