समाचारबिहीबार, मंसिर २०, २०७०

एमाले प्रतिपक्षमा बस्न तयार छ: पन्त

हिमालखबर

एमाले नेता रघुजी पन्तले शक्ति बाँडफाँडमा नेपाली कांग्रेससँग कुरा नमिले एमाले एक्लै सरकार बनाउन वा प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन् । रिपोर्टस क्लबमा २० मंसीरमा बोल्दै उनले कांग्रेसको सबै शर्त मानेर एमाले सरकारमा नजाने बताए ।

उनले भने, “कांग्रेसको सबै सर्त मानेर सरकारमा जादैनौं, आवश्यकता परे एमाले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमा उम्मेदवारी दिन तयार छ ।”

बहुमत ल्याए जस्तो कांग्रेसले यो त्यो हुँदैन भन्ने हो भने एमाले सरकारमा नजाने उनले चेतावनी दिए । उनले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको टुंगो नयाँ जनादेशअनुसार संविधानसभाले फैसला गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>