थप समाचारशुक्रबार, मंसिर २१, २०७०
संखुवासभाका दुई चोर पक्राउ
संखुवासभाका विभिन्न ठाउँमा चोरी गर्दै हिड्ने समूहका दुई जनालाई प्रहरीले पक्रेर सार्वजनिक गरेको छ । प्रहरीले २१ मंसीरमा नुम–७ का कर्ण राई र नुम–४ का सञ्जय तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
दशैंको बेला सदरमुकाम खाँदबारी–१० का श्याम शेर्पा लगायत चार घरको १६ वटा ताला खोली चोरी गरेको आधारमा चोर पत्ता लगाएको प्रहरीले जनाएको छ । विगत १० वर्षदेखि चोरी गर्दै आएका उनीहरुलाई लामो अनुसन्धान पछि पक्रिएको संखुवासभाका प्रहरी प्रमुख पवनकुमार गिरीले बताए ।
संखुवासभाका विभिन्न ठाउँमा भएको चोरीका घटनामा संलग्न रहेका यी दुई जना विरुद्ध प्रहरीले चोरी मुद्दा दर्ता गराएको छ ।
उनीहरुले चोरी गरेका सुन, सि माला लगायत १६ लाख रुपैंया बराबरको सामान पनि प्रहरीले सार्वजनिक गरेको छ ।
छेटु शेर्पा, संखुवासभा
