समाचारशुक्रबार, मंसिर २१, २०७०
वैदेशिक रोजगार विभागका महानिर्देशकविरुद्ध मुद्दा
बैदेशिक रोजगार विभागका निर्देशक रमेशप्रसाद मैनाली र कम्प्युटर अपरेटर पप्पुकुमार साहले सरकारी कागजातहरूमा दोहोरो अर्थ लाग्ने गलत विवरण लेखी÷ लेखाई श्रम स्वीकृति (स्टिकर) प्रदान गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अभियुक्तद्वयले रीत पुगेका कागजातमा गलत विवरण लेखेको आयोगको अनुसन्धानबाट खुलेकाले प्रमाणसहित मुद्दा दायर गरिएको जनाइएको छ ।
रासस
