थप समाचारशनिबार, मंसिर २२, २०७०
युवासंघका धरान इञ्चार्ज पक्राउ
संविधानसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा संघीय समाजवादी पार्टीका सुनसरी उपाध्यक्ष पारस काङमाङ राई र क्षेत्रीय उप सचिव मदन तामाङलाई लक्षित गरी गोली प्रहार गरेको आरोपमा प्रहरीले युवा संघ धरान इञ्चार्ज दिवस राईलाई पक्राउ गरेको छ ।
धरान–११ बाट २१ मंसीर राति ११ वजे पक्राऊ परेका राईलाई प्रहरीले २२ मंसीरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा राइले आफूमाथि झूठो आरोप लगाइएको बताए । उनले आफू पहिले नै सार्वजनिक हुन चाहे पनि पार्टीको निर्देशनमा सार्वजजनिक नभएको समेत दाबी गरे ।
उनीमाथि ज्यान मार्ने उद्योग र अवैध हतियार तथा खर–खजाना अन्तर्गत मुद्दा दायर भएको छ ।
सोहन श्रेष्ठ, धरान
