थप समाचारशनिबार, मंसिर २२, २०७०

विवाहबाट फर्कंदै गरेका तीनको मृत्यु

हिमालखबर

विवाहमा बाजा बजाएर फर्कंदै गरेका जाजरकोटको दह–४ का २७ वर्षीय प्रेमबहादुर दमाई, २५ वर्षका मुने दमाई र दह–३ का ३१ वर्षीय सुर्मे दमाईको दह–४ स्थित जुम्लीखोलाको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाजरकोटका प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहका अनुसार २१ मंसीर रातिदेखि हराइरहेका उनीहरू २२ मंसीरमा मृत अवस्थामा फेला परेका हुन् । अत्याधिक मात्रामा मादकपदार्थ सेवन गरेका उनीहरू साँघुरो र भिरालो बाटोमा लडेको हुनसक्ने प्रहरीको अनुमान छ ।

दह–२ जुर्कका अमरबहादुर बुढाको विवाहमा बाजा बजाउन गएका तिनै जना विवाह सकेर फर्कने क्रममा लडेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>