समाचारआइतबार, मंसिर २३, २०७०
राप्रपा नेपालले समानुपातिकतर्फ सभासदको नाम तोक्यो
प्रत्यक्षतर्फबाट कुनै सिट नजिते पनि समानुपातिकतर्फबाट २४ सिट पाएको राप्रपा नेपालले संविधानसभा सदस्य हुनेहरुको नाम निर्वाचन आयोगमा बुझाएको छ ।
महामन्त्री चन्द्रबहादुर गुरुङका अनुसार २४ जनामध्ये ९ जना महिला छन् । आयोगमा बुझाइएको सूची यसप्रकार छः
१ कमल थापा (मकवानपुर)
२ भाष्कर भद्रा (ललितपुर)
३ विक्रमबहादुर थापा (काठमाडौं)
४ रामकुमार सुब्बा (सुनसरी)
५ सुशील श्रेष्ठ (महोत्तरी)
६ सयन्द्र बान्तवा (मोरङ)
७ कुन्तीकुमारी शाही (दैलेख)
८ बबिता मोक्तान लावती (पाँचथर)
९ दिनेश श्रेष्ठ (भक्तपुर)
१० लीलानाथ गिरी (संखुवासभा)
११ लीलादेवी श्रेष्ठ (इलाम)
१२ रेशमबहदुर लामा (काभ्रे)
१३ गंगाप्रसाद यादव (सप्तरी)
१४ कमलादेवी शर्मा (काठमाडौं)
१५ विराज विष्ट (ललितपुर)
१६ राजेश्वरी देवी (सर्लाही)
१७ भानो महरा (सिरहा)
१८ श्यामसुन्दर टिबडेवाल (पर्सा)
१९ सीता लुइँटेल (काठमाडौं)
२० श्रीकान्ती पासी (कपिलवस्तु)
२१ कान्ता भट्ट (काठमाडौं)
२२ राजकुमार अग्रवाल (पर्सा)
२३ रामदुलारी चौधरी (कैलाली)
२४ भक्तबहादुर विश्वकर्मा (झापा)
