थप समाचारसोमबार, मंसिर २४, २०७०
झापामा गाडी दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते
पुर्वपश्चिम राजमार्गअन्तर्गत झापा दमकमा गाडी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दमक–१५ मा २४ मंसीर बिहान भएको कार दुर्घटनामा परी विराटनगर–५ का ३३ वर्षे अलाउद्दिन मियाँको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका विराटनगर–४ का ३५ वर्षे बाबुराज ओझा र ३२ वर्षे दीपक पाण्डेलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पतालमा लगिएको दमक प्रहरीले जनाएको छ ।
दमक–१५ मा सडकको कलभर्टमा बा १० च ५०९० नम्बरको कार ठोक्किदाँ दुर्घटना भएको हो । अत्यधिक गतिमा रहेको कार कलभर्टमा ठोक्किएको प्रहरीले जनाएको छ ।
गोपाल गडतौला, दमक
