थप समाचारसोमबार, मंसिर २४, २०७०

चितवनका ४ वटा अस्पताल बन्द

हिमालखबर

मापदण्ड पूरा नगरेका चितवनका चारवटा निजी अस्पताल बन्द भएका छन् । दर्ता नभएका, नवीकरण नगर्ने र अन्य मापदण्ड पूरा नगरेपछि चार वटा अस्पताल २४ मंसीरमा जिल्ला जनस्वास्थ्य कार्यालयले बन्द गराएको हो ।

कार्यालयले दिएको जानकारीअनुसार भरतपुरको अस्पताल रोडमा रहेको ओम अस्पताल, एडभान्स अस्पताल, भरतपुरकै वीरेन्द्र क्याम्पस रोडमा रहेको ओएसिस मेडिकल कलेज र पर्सामा रहेको परोपकार अस्पताललाई सञ्चालनमा रोक लगाएको हो ।

स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाबाट आएको टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासनका प्रतिनिधिको रोहबरमा गरेको अनुगमनका क्रममा ती अस्पतालले प्रक्रिया पूरा नगरेको पाइएपछि बन्द गराइएको जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख केहरसिंह गोदारले जानकारी दिए ।

मापदण्ड पूरा नभएको भन्दै जिल्ला जनस्वास्थ्यलाई  महाशाखाले २४ कात्तिकमा पत्राचार गरेको थियो । प्रमुख गोदारले अस्पतालमा रहेका बिरामीलाई तीन दिनभित्र अन्य अस्पतालमा सार्न र प्रक्रिया पूरा गरेर मात्र अस्पताल पुनः सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिए ।

चितवनमा एक सरकारी अस्पताल, दुई मेडिकल कलेज, एक क्यान्सर अस्पताल, एक आखा अस्पताल र २६ वटा निजी अस्पताल सञ्चालनमा छन् । टोलीले भरतपुर सामुदायिक अस्पताललाई आकस्मिक सेवा र फार्मेसीमा समय सकिएको औषधि भेटिएको तथा भेन्टिलेसन नभएको भन्दै तत्काल सुधारका लागि चेतावनी पत्र दिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>