थप समाचारसोमबार, मंसिर २४, २०७०

अधिकारकर्मीकै अधिकार हनन

हिमालखबर

विगत १० महीनमा १८९ जना मानव अधिकार रक्षकहरुमाथि मानव अधिकार हननका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २४ मंसीरमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार विगत १० महीनमा १४७ जना पुरुष र ४२ जना महिला मानव अधिकार रक्षक पीडित भए ।

पीडित हुनेमा सबैभन्दा बढी पत्रकार रहेको इन्सेकले जनाएको छ । मानवअधिकार रक्षकमाथि राज्य पक्षबाट ८५ र गैरराज्य पक्षबाट ज्यादतिका ६२ घटना भएका छन् ।

विगत १० वर्षमा एक जनाको अपहरण, २ जनाको गिरफ्तारी र यातना, ३३ जनामाथि कुटपिट, २४ जनालाई धम्की तथा दुइजनालाई आक्रमणमा घाइते बनाइएको छ । यस्तै, १० जनामाथि अमानवीय व्यवहार, ६९ जना भेला हुन पाउने अधिकारबाट वञ्चित, एक जनामाथि जातीय छुवाछुत र ४ जनाको सम्पत्ति लुटपाट भएको इन्सेकले जनाएको छ ।

इन्सेकले मानव अधिकार रक्षकको हक र अधिकार सुनिश्चित गर्न, उनीहरु विरुद्ध भएका घटनाको अनुसन्धान गरी पीडकहरुलाई सजाय दिन समेत माग गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>