समाचारसोमबार, मंसिर २४, २०७०
संविधान लेखनमा नेकपा–माओवादीलाई पनि सहभागी गराऊ: उपराष्ट्रपति
उपराष्ट्रपति परमानन्द झाले संविधानसभा निर्वाचनले सबैभन्दा ठूला बनाएका दलले नेकपा–माओवादीलाई पनि संविधान निर्माणमा ल्याउन सुझाव दिएका छन् । आफ्नै निवासमा २४ मंसीरमा भएको कार्यक्रममा झाले निर्वाचनको ताजा जनादेशबाट आएका दलले निर्वाचन परिणाममा असन्तुष्ट एमाओवादी पहिलो प्राथमिकता दिई नेकपा–माओवादीसहितका दललाई संविधान निर्माणमा ल्याउनुपर्ने बताए ।
मुलुक र नेपाली जनताको पहिलो प्राथमिकता संविधान भएकाले सहमति जुटाएर सबैलाई संविधान निर्माणको मूल धारमा ल्याएर संविधान बनाउनुपर्नेमा उनको जोड छ । “राष्ट्रपति, उपराष्ट्रपतिको कार्यकाल लम्बिन्छ भन्ने त्रासभन्दा पनि संविधान बनाउनु नै प्रमुख काम हो, यो पदमा लम्बिएर बस्ने हाम्रो चाहना छैन, मुलुकले संविधान पाओस्,” उनले भने, “पहिलो राष्ट्रपतिकै कार्यकालमा संविधान आउँदा सार्थकता हुन्छ भन्ने कुरालाई दलले मनन गर्नुपछ ।”
उनले भने, “अहिलेको राष्ट्रपतिको पदावधि संविधान नबनुन्जेलका लागि त लेखिएकै छ, त्यसका लागि संविधान संशोधन नगरी दोस्रो संविधानसभाबाट निर्वाचन हुन्छ भन्ने किसिमबाट स्पष्ट व्यवस्था नगरेर कसरी अगाडि बढ्ने, त्यसका लागि संविधानको सम्बन्धित धारा संशोधन हुनुप¥यो नि त ।”
रासस
