थप समाचारसोमबार, मंसिर २४, २०७०
राष्ट्रपतिको चुनाव गरः जनमुक्ति
ललितपुरको धोबीघाटमा पाँच दिन चलेको संघीय परिषद(केन्द्रीय समिति) बैठकले राष्ट्रपतिको चुनाव गर्नुपर्ने निश्कर्ष निकालेको जनमुक्ति पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख टोप अस्लामीले जानकारी दिए ।
बैठकले एमाओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाबाट अलग हुने निर्णय समेत गरेको अस्लामीले बताए । २०६४ को संविधानसभाबाट प्राप्त उपलब्धी रक्षा गर्दै थप उपलब्धीका लागि देशव्यापी खबरदारी सभा गरिने पनि उनले जानकारी दिए ।
संविधानसभामा दुई सिट जितेको जनमुक्तिले पार्टी वरिष्ठ उपाध्यक्ष शिवलाल थापा र संघीय परिषद सदस्य होमाया गुरुङलाई सभासदमा सिफारिस गर्ने गरेको छ । आगामी पुसदेखि जेठसम्म पार्टी शुद्धीकरण तथा सुदृढीकरण अभियान सञ्चालन गर्न लागेको अस्लामीले बताए ।
