समाचारसोमबार, मंसिर २४, २०७०
आयोगमा ६ दलका ३३ सभासद सिफारिस
२४ मंसिरसम्ममा राप्रपा नेपालले २४, राष्ट्रिय जनमोर्चाले तीन, राष्ट्रिय जनमुक्ति पार्टीले दुई, नेपाल परिवार दलले दुई तथा खम्बुवान राष्ट्रिय मोर्चा र समाजवादी जनता दलले एक/एक
सभासदको नाम आयोगमा सिफारिस गरेको हो ।
राप्रपा नेपालले पार्टी अध्यक्ष कमल थापा, भाष्कर भद्रा (ललितपुर), विक्रमबहादुर थापा (काठमाडौं), रामकुमार सुब्बा (सुनसरी), सुशील श्रेष्ठ (महोत्तरी), सयन्द्र बान्तवा (मोरङ), कुन्तीकुमारी शाही (दैलेख) र बबिता मोक्तान लावती (पाँचथर), दिनेश श्रेष्ठ (भक्तपुर), लीलानाथ गिरी (सङ्खुवासभा), लीलादेवी श्रेष्ठ (इलाम), रेशमबहदुर लामा (काभ्रे), गंगाप्रसाद यादव (सप्तरी), कमलादेवी शर्मा (काठमाडौं) र विराज विष्ट (ललितपुर) को नाम सिफारिस गरेको छ ।
यसैगरी राप्रपा नेपालको सिफारिसमा पर्नेहरुमा राजेश्वरी देवी (सर्लाही), भानो महरा (सिरहा), श्यामसुन्दर टिवडेवाल (पर्सा), सीता लुइँटेल (काठमाडौं), श्रीकान्ती पासी (कपिलवस्तु), कान्ता भट्ट (काठमाडौं), राजकुमार अग्रवाल (पर्सा), रामदुलारी चौधरी (कैलाली) र भक्तबहादुर विश्वकर्मा (झापा) छन् ।
राष्ट्रिय जनमोर्चाले अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल र मीना पुनलाई सिफारिस गरेको छ ।
दुई सिट जितेको राष्ट्रिय जनमुक्ति पार्टीले वरिष्ठ उपाध्यक्ष शिवलाल थापा(तनहुँ) र होममाया गुरुङ(रुपन्देही)को नाम सिफारिस गरेको छ ।
नेपाल परिवार दलले अध्यक्ष एकनाथ ढकाल र शान्तिकुमारी राजवंशीको नाम सिफारिस गरेको छ ।
