थप समाचारमंगलबार, मंसिर २५, २०७०

६ छोरा, ६ छोरी, ४० नातिनातिनी

हिमालखबर

रुकुमको चौखावांग–९ की खिर्मीदेवी खत्री (६१) लाई ‘दुई सन्तान ईश्वरको वरदान’ भन्ने सरकारी नारा हैन, ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्ने पिता–पूर्खाले दिएको आशिषले फलिफाप भयो । १८ सन्तान जन्माएकी उनी अहिले ४० नातिनातिनीका धनी छिन् ।

१६ वर्षको उमेरमा विवाह गरेकी खिर्मीदेवीले १७ वर्षको उमेरमा पहिलो सन्तानको रुपमा छोरी जन्माइन । त्यसपछि ४८ वर्षको उमेरसम्ममा उनले कहिले वर्षेनी त कहिले २ वर्षको अन्तरमा १७ छोराछोरी जन्माईन् । खिर्मीदेवीका ६ छोरा र ६ छोरी गरी १२ सन्तान मात्र जीवित छन् ।

छोराले मात्र स्वर्गको ढोका खोल्छ भन्नेमा विश्वास गर्ने समाज–घरमा उने ५ छोरी जन्मपछि छोरा जन्माउन थालिन् । दुर्भाग्यबस् उनका २ छोरा शीशुअवस्थामै बिते ।

विवाह गरेकी १९ वर्षकी छोरीको समेत मृत्यु भएको पिडा उनले बेहोर्नु पर्‍यो । उनको १ छोराको विवाह गर्न वाँकी छ । पोषिलो खानपिनको अभावकाबीच धेरै सन्तान जन्माउन बाध्य खिर्मीदेवीको स्वास्थ्यमा उती राम्रो छैन ।

सुत्केरी हुँदा–हुँदा शरीर कमजोर भएको उनलाई थाह छ । परिवार नियोजन सम्बन्धि चेतना नपुग्दा उनले जन्मान्तरको कुरा पनि थाह पाईनन् । ९ वर्षदेखि वैधव्य जीवन बिताईरहेकी खिर्मीदेवी भन्छिन्, “हाम्रो पालामा औषधि खाने चलन पनि थिएन ।”

कमल थापा, रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>