थप समाचारमंगलबार, मंसिर २५, २०७०
भुटानी शरणार्थीको झापामा शान्त प्रदर्शन
दिवसको अवसरमा झापाको बेलडाँगी शिविरका भुटानी शरणार्थीले २५ मंसीरमा घरै जाने पाऔं भन्दै शिविरमा शान्त प्रदर्शन गरेका छन् । हातहातमा स्वदेश फिर्ती सम्बन्धी प्लेकार्ड र ब्यानर बोकेका शरणार्थीले शिविरमा र्याली र सभा आयोजना गरे ।
कार्यक्रमका संयोजक शिविर सचिव सञ्चहांग सुब्बाले शरणार्थीलाई युरोप र अमेरिका पुनर्बास गर्न भन्दा पनि उनिहरुको नाममा घरबारी भएको थलोकिलोमा फर्काउन अन्तराष्ट्रिय समुदायलाई आग्रह गरे । कार्यक्रममा भुटानी नेता डा. भम्पा राई, शरणार्थी स्वदेश फिर्ती ज्येष्ठ नागरिक समूहका हर्कजंग लिम्बु लगायतले घर फर्किने शरणार्थीको अधिकार र चाहनाको सम्मान गर्नुपर्ने बताए ।
बेलगाँगी शिविरबाट ८५ हजार भन्दा बढी भुटानी शरणार्थी युरोप र अमेरिका पुनर्बास भएपनि शिविरमा बाँकी साढे ३५ हजारमध्ये कम्तिमा आठ हजार भुटानीले पुनर्बासमा कुनै चासो देखाएका छैनन् ।
गोपाल गडतौला, दमक
