समाचारआइतबार, साउन ७, २०६९

‘अबको सरकार काँग्रेसको नेतृत्वमा’

रासस

७ साउनमा काभ्रेको बनेपामा नेपाली काँग्रेस काभ्रेले ३०औँ बिपी स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सभापति कोइरालाले देशमा शान्,ति सुव्यवस्था ल्याउनका लागि काँग्रेसको सरकार आवश्यक रहेको बताए । उनले भने, “काँग्रेसले गर्ने सरकारको नेतृत्व कुर्सीका निम्ति नभई अमनचयन ल्याउनकै लागि हो,”

देशको समृद्धि र विकासका लागि सबै एक हुन आग्रह गर्दै उहाँले माओवादी इमान्दार नभएसम्म सहमतिको अर्थ नरहने कुरामा जोड दिएका थिए । उनले नेपालमा सबै किसिमका तानाशाहको अन्त्य भइसकेको उल्लेख गर्दै माओवादीले प्रजातन्त्र र लोकतन्त्रलाई आत्मसात् गर्न नसके राजा ज्ञानेन्द्रको जस्तै स्थिति आउनेसमेत दाबी गरे ।

त्यस्तै काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्र निर्माणका लागि काँग्रेसले ठोस निर्णय लिनुपर्ने बेला आइसकेको बताए । उनले माओवादीले अध्यादेशमार्फत देशमा शासन चलाउन खोज्नु नेपाली जनताका लागि दुर्भाग्य हुने दाबी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>