थप समाचारबुधबार, मंसिर २६, २०७०

४२ वर्षमा निको नभएको घाउ

हिमालखबर

तनहूँको भानु– ५ भन्सारका रिठ्ठे कुमाल (६८) चार दशकदेखि आफ्नो फोक्सोको देखाउँदै हिंडिरहेका छन्, तर उपचार पाएका छैनन् । उनको करंगभित्र फोक्सो चलेको बाहिरैबाट देखिन्छ ।

“२०२८ सालमा छाती सारै दुखेपछि गोर्खाको आँपपीपल मिशन अस्पताल जाँदा फोक्सोमा इन्फेक्सन भयो भन्दै डाक्टरले भित्र जम्मा भएको पीप निकाल्न करङ काटेर स्टीलको पाइप राखिदिए” कुटानी–पिसानी मीलमा मिस्त्री काम गर्ने कुमाल भन्छन्, “पछि फेरी दुख्न थालेपछि अस्पताल जाँदा भित्रको पीप सजिलै बगोस् भनेर पाइप पनि निकालिदिए ।” त्यो बेलादेखि उनको फोक्सो बाहिरबाटै देखिने गरी करङमा प्वाल परेको छ ।

उनी त्यो प्वालमा खाँदेको कपडा दिनको तीन–चार पटक फेर्छन् । पोखराको मणिपाल अस्पताल जाँदा उपचार हुने तर, त्यसका लागि खर्चको बन्दोवस्त गरेर आउन भन्दै फर्काइएको बताउँछन् ।

कुमालका तीन छोरामध्ये जेठो र माइलो छुट्टिएर बसेका छन् भने कान्छो १३ वर्षदेखि बेपत्ता छन् । दुई बूढाबूढीको चूलो चार रोपनी बारी र मजदूरीबाट चलेको छ । “कतैबाट उपचारमा सहयोग पाए गरेर खान अलिक सहज हुन्थ्यो होला”, कुमालले भने ।

सरिता अर्याल, दमौली

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>