थप समाचारबुधबार, मंसिर २६, २०७०
नदीमा खसेको ग्याँस ट्यांकरमा आगो
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ग्याँस बोकेको ट्याङकर पृथ्वी राजमार्गअन्तर्गत धादिङ, जोगिमारा गाविसमा पर्ने जवाङ् खोलामा दुर्घटना भएको छ । २६ मंसीरमा ट्याङकर सडकबाट २० फिट तल नदीमा किनारमा खसेको हो ।
सडकबाट खसेको केही क्षणमा अगाडीको भागबाट ट्याङकरमा आगो लागेको थियो । तर, दुर्घटना भएलगत्तै चालकले भने गाडीबाट हामफालेर ज्यान बचाएको बताएका छन् ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय माझिमटारको टोलीले घाइते चालकलाई उद्दार गरेर उपचारको लागि गजुरीमा पठाएको प्रहरीले जनाएको छ । आगो नियन्त्रण नहुन्जेल राजमार्ग पूर्णरुपमा बन्द गरेको थियो ।

