थप समाचारबिहीबार, मंसिर २७, २०७०

८५ हजार भुटानी शरणार्थी अमेरिका र युरोपमा

हिमालखबर

पुनर्बासका लागि अमेरिका जान लागेका भुटानी शरणार्थी

अमेरिका र युरोप जाने भुटानी शरणार्थीको संख्या झण्डै ८५ हजार पुगेको छ । विगत पाँच वर्षमा पुनर्बासका लागि ८४ हजार ८३८ भुटानी शरणार्थी त्यहाँ पुगेका हुन् ।

पुनर्बास भएकामध्ये ९० प्रतिशत शरणार्थी अमेरिका पुगेका छन् । ७१ हजार ५८१ ज्ना अमेरिका गएको दमकस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगले जनाएको छ ।

आयोगका अनुसार क्यानाडामा ५ हजार ६७३ जना, अष्ट्रेलियामा ४ हजार ७३४, डेनमार्कमा ७५९, नेदरल्याण्डमा ३२६, न्युजिल्याण्डमा ८५७, नर्बेमा ५५० र बेलायतमा ३५८ जना शरणार्थी छन् ।

पुनर्बास भएपछि अब शिबिरहरुमा ३३ हजार १०७ जना मात्र शरणार्थी रहेको उच्च आयोगले जनाएको छ । भुटानीहरु सन् २००८ को मार्चदेखि मानवीय सहायताको रुपमा उपलब्ध स्वेच्छिक पुनर्बास कार्यक्रम अन्तर्गत पश्चिमी देश पुनर्बास भइरहेका छन् ।

गोपाल गडतौला, दमक

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>