समाचारशुक्रबार, मंसिर २८, २०७०

एमाले सत्ताका लागि मरिहत्ते गर्दैनः नेपाल

हिमालखबर

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी छाडेर गएका नेता तथा कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गरेका छन् । राजधानीमा २८ मंसीरमा भएको कार्यक्रममा उनले देश र समाजको आर्थिक रुपान्तरणका लागि अग्रणी भूमिका खेल्दै आएको एमालेको भविष्य उज्ज्वल रहेकाले पार्टीको झण्डामा आवद्ध हुन आग्रह गरे ।

उनले लोकतन्त्रमा विश्वास गर्ने देशभक्त र क्रान्तिकारी पार्टी एमाले मात्र भएको जिकिर गरे । छिटो परिवर्तन र देशभक्तिले ओतप्रोत भएको नयाँ संविधान बनाउन एमाले लागिपर्ने बताउँदै उनले भने, “एमाले सत्ताका लागि मरिहत्ते गर्ने होइन, सङ्क्रमणकाललाई छुट्याएर राजनीतिलाई सङ्लो तुल्याउँदै दिगोशान्ति स्थापना गरी मुलुकलाई समृद्धितर्फ लैजाने विषयलाई महत्व दिएर काम गर्ने छ ।”

राजनीतिक स्थायित्व र समझदारी नभई देश विकास असम्भव भएकाले दलबीच उच्चस्तरीय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>