समाचारसोमबार, साउन ८, २०६९

कांग्रेस नेतृत्व लिन तयार नभए एमालेलाई सघाउनु पर्छ : अध्यक्ष खनाल

हिमालखबर

हिजोदेखि शुरु एमालेसम्बद्ध युवा सङ्घ नेपालको दोस्रो राष्ट्रिय सम्मेलनको बन्द सत्रलाई ८ साउनमा सम्बोधन गर्दै खनालले राष्ट्रिय सहमतिका साथ अगाडि बढ्नुपर्ने वर्तमान अवस्थामा अध्यादेश जारी गरेर मुलुक चलाउने सरकारको कदमलाई कुनै पनि हालतमा मान्न नसकिने बताए । उनले निर्वाचन आयोगले समेत यथास्थितिमा संविधानसभाको निर्वाचन हुन नसक्ने जनाइसकेको र त्यसका लागि अन्तरिम संविधानमा भएका ऐन संशोधन गर्नुपर्ने भएकाले त्यो कार्य राजनीतिक दलहरूको सहमतिबाट मात्र सम्भव भएको स्पष्ट पारे ।

अध्यक्ष खनालले भने, ‘वर्तमान सरकारले सत्ता छाडेर दलहरूका बीचमा राष्ट्रिय सहमतीय सरकारको ढोका खोल्नुपर्छ ।’ खनालले तत्काल प्रधानमन्त्रीको उम्मेदवार छानेर राष्ट्रिय सरकारका लागि नेपाली कांग्रेस तयार हुनुपर्ने अन्यथा एमालेलाई सरकारको नेतृत्वका लागि सहयोग गर्नेपर्ने बताए ।

कार्यक्रममा एमाले सचिव शङ्कर पोखरेलले राष्ट्रिय सहमतिकासाथ सङ्क्रमणकाललाई अन्त्य गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने धारण राखे । एमाले नेता घनश्याम भुसालले एमाओवादीको उग्रवामपन्थी सोचका कारण ऐतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धि सङ्कटमा परेको दाबी गरे ।

बन्दसत्रमा मोदनाथ प्रश्रति, योगेश भट्टर्राई, युवा सङ्घका अध्यक्ष महेश बस्नेतलगायतले मुलुकलाई अनिर्णयको बन्दी बनाइराख्न नहुने र राष्ट्रिय सहमतिको सरकार गठन गर्न दबाब सिर्जना गनुपर्नेमा जोड दिएका थिए । भेलामा करिब ५०० जनाको सहभागिता छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>