थप समाचारशुक्रबार, मंसिर २८, २०७०
३६ अर्बको धान उत्पादन
बारा जिल्लामा यस वर्ष एक लाख ६२ हजार १४३ मेट्रिक टन धान उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार, यो वर्ष करिब रु. ३५ अर्ब ६७ करोड १६ लाख ३६ हजार बराबरको धान उत्पादन भएको हो ।
यस वर्ष धानखेतीको क्षेत्रफल १० हेक्टर बढ्नुकासाथै उत्पादनमा २० हजार ८४३ मेट्रिक टनसमेत वृद्धि भएको कार्यालयले जनाएको छ । यस वर्ष कृषकले कूल ३९ हजार २६० हेक्टर क्षेत्रफलमा सावित्री, मन्सुली, राधा ११, राधा ४, राधा ७, राधा ९, मकवानपुर १, वर्ष ३००४, २००१ जातको अगहनी धानखेती गरेका थिए ।
प्रतिहेक्टर ४.१३ मेट्रिक टनले उत्पादन भएको धान कलैया बजारमा प्रतिक्विन्टल रु दुई हजार २०० र दुई हजार २५० मा बिक्री हुने गरेको कार्यालयका योजना अधिकृत रामदयाल ठाकुरले जानकारी दिए ।
रासस
