थप समाचारशुक्रबार, मंसिर २८, २०७०

राष्टपतिलाई २१ किलोको माला

हिमालखबर

सुर्खेतको वीरेन्द्रनगरमा २८ मंसीरमा नेपाल व्यापार तथा पर्यटन मेलाको उद्घाटन गर्दै राष्ट्रपति यादवले नेपाली नागरिकले शान्ति र संविधान चाहेकाले बाहिर रहेका दलहरूलाई पनि मिलाएर सबैको सहयोगमा संविधान निर्माण गर्नुपर्ने बताएका हुन ।

“दुईवटा निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले पनि नेपाली नागरिकले शान्ति चाहेको स्पष्ट हुन्छ”, राष्ट्रपतिले भने, “अब सबै मिलेर संविधान निर्माण गर्नुपर्छ, बाहिरका शक्तिलाई पनि संविधानसभामा ल्याउनुपर्छ ।” अस्थिर राजनीतिले राष्ट्रको विकास हुन नसकेको भन्दै राष्ट्रपति यादवले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताए ।

मध्यपश्चिमको विकासको सम्भावनाबारे चर्चा गर्दै उहाँले यस क्षेत्रको लागि छुट्याइएको बजेटको सही सदुपयोग भयो भने मात्रै पनि उल्लेख्य विकास हुने बताए । यस क्षेत्रका पर्यटकीय र धार्मिकस्थलको प्रचारप्रसार गरी विकास गर्ने हो भने मात्रै पनि यो क्षेत्र उदाहरणीय बन्ने राष्ट्रपतिको धारणा थियो ।

उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्का, सुर्खेत क्षेत्र नं. २ का सभासद् हृदयराम थानी, क्षेत्र नं. ३ का सभासद् तप्तबहादुर विष्ट, एमालेका भेरी अञ्चल सदस्य बालाराम शर्मा, एमाओवादीका भेरी–कर्णाली समितिका संयोजक डिआर पौडेललगायतले मेलाको सफलताको कामना गरेका थिए ।

२१ किलोको माला
मेलाको उद्घाटन गर्न आएका राष्ट्रपति यादवलाई २१ किलोको मालाले स्वागत गरिएको थियो ।     मेला मूल आयोजक समितिका संयोजक तथा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष पद्मबहादुर शाही र वाणिज्य संघका पूर्व अध्यक्षले संयुक्तहरूपमा राष्ट्रपतिलाई २१ किलोको मालाले स्वागत गरेका हुन ।
राष्ट्रपतिका लागि बाँकेको नेपालगञ्जबाट माला मगाइएको थियो । राष्ट्रपति र अन्य अतिथिहरूलाई स्वागत गर्न तथा मञ्च सजाउन नेपालगञ्जबाट करिब एक लाख बराबरको ४५ किलो हजारी माला भित्र्याइएको मूल आयोजक समितिले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>