थप समाचारशनिबार, मंसिर २९, २०७०
चार निजी विद्यालय बन्द
चितवनमा अनुमति नलिई सञ्चालनमा रहेका चार विद्यालय २९ मंसीरमा बन्द गरिएको छ । अनुमति नलिई संचालनमा रहेकाले ती विद्यालय बन्द गरिएको चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए ।
बन्द भएका विद्यालयमा सबै पूर्वी चितवनका छन् । बन्द गरिएकामा चितवन चैनपुरको आदर्श इङ्लिस बोर्डिङ र बुद्धशान्ति बोर्डिङ, दाहखानी गाविसको चतुर्मुखी बोर्डिङ, पिप्लेको दीपज्योति इङ्लिस बोर्डिङ स्कुल रहेको कार्यालयले जनाएको छ ।
पटक पटकको निर्देशन अटेर गरेपछि बाध्य भएर बन्द गर्नुपरेको जिल्ला शिक्षा अधिकारी शर्माको भनाई छ । कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अन्यत्र सार्न अभिभावकका लागि २९ मंसीरमै सार्वजनिक सूचनासमेत जारी गरेको छ ।
अनुमति नलिएका सातमध्ये तीनवटा यसअघि नै बन्द भएका छन् ।
रासस
