समाचारशनिबार, मंसिर २९, २०७०
ग्रिनेट बम डिस्पोज
बारामा नेपाली सेनाको बम डिस्पोजल टोलीले बारा जितपुर–३ का रामनिवास साहको आँगनमा राखिएको ग्रिनेट बम निष्क्रिय पारेको छ । अज्ञात समूहले राखेको ग्रिनेट बम टोलीले २९ मंसीर बिहान निष्क्रिय पारेको हो ।
साहको घरको आँगनमा २८ मंसीर राति अज्ञात समूहले ग्रिनेट बम राखेको प्रहरीले जनाएको छ । बम राखिएको देखेपछि साहका परिवारले सुरक्षा निकायलाई जानकारी दिएका थिए ।
रासस
