समाचारशनिबार, मंसिर २९, २०७०
लागूऔषधसहित एक भारतीय पक्राउ
भारतको जोगबनीबाट एक झोला लागूऔषध लिएर विराटगनरतर्फ आउदै गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । साइकलमा झोला हालेर नेपालतर्फ आएका भारत सुपौल जिल्लाका रोहितकुमार राउतलाई २९ मंसीरमा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उनको साथबाट ७२० ट्याब्लेट स्पास्मो प्रोक्सिभन र ७९ बोतल कोरेक्स बरामद गरिएको सीमा सुरक्षा कार्यालय मोरङका सशस्त्र प्रहरी नायव उपरिक्षक तारिकचन्द चौधरीले जानकारी दिए । भारतीय नागरिक राउतले सो लागूअँैषध विराटनगर–२० स्थित भट्टीमोडसम्म पु¥याउन आएको प्रहरीलाई बताएका छन् ।
पक्राउ परेका राउतलाई इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ । ती व्यक्तिले कसलाई लागूअँैषध दिन लागेका थिए भन्ने अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक अनिल पौडेलले बताए ।
कमल रिमाल, विराटनगर
