समाचारआइतबार, मंसिर ३०, २०७०

मण्डेलाको अन्त्येष्टि गरिदैं

हिमालखबर

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एवम् रंगभेद बिरोधी नेता नेल्सन मण्डेलको उनकै पुर्खौली गाउँमा अन्त्येष्टि गरिदैंछ । राजकीय सम्मानका साथ उनको उनको ३० मंसीरमा अन्त्येष्टि गर्न लागिएको हो ।

मण्डेलाको पार्थिव शरीर उनकै पुर्खौली गाउँ कानु पुर्‍याइएको छ । उनको अन्त्येष्टि परम्परागत रीतिरिवाज अनुसार गरिने तयारी भएको छ ।

यसअघि उनको पार्थिव शरीरलाई एक सातासम्म दक्षिण अफ्रिकाकै प्रिटोरियामा श्रद्धाञ्जलीका लागि राखिएको थियो । प्रिटोरियामा एक लाख भन्दा धेरैले मण्डेलाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उनको पार्थिव शरीरमा राष्ट्रपति ज्याकोब जुमाले २९ मंसीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनले मण्डेलाको मुत्युले राष्ट्रले ठूलो क्षति बेहोरेको र उनको योगदानको सधैं कदर गर्दै अभिभावकका रुपमा सम्मान गरिरहने बताएका थिए ।

पूर्व राष्ट्रपति मण्डेलाको २० मंसीर राति उनकै निवास दक्षिण अफ्रिकाको जोहान्नेसबर्गमा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>