समाचारआइतबार, मंसिर ३०, २०७०
आयोग गठनकै अडानमा १८ दल
एमाओवादी मुख्यालय कोटेश्वरमा बसेको १८ दलीय मोर्चाको बैठकले निर्वाचन छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग यथावत राख्ने निर्णय गरेको छ । ३० मंसीरमा बसेको बैठकले आयोग गठनको माग छाड्ने निर्णय गरेको हो ।
बैठकले निर्वाचनमा कलात्मक ढंगबाट धा“धली भएको भन्दै कुनै हातलमा आयोग गठन हुनुपर्ने अडान निर्णय गरेको मोर्चाकातर्फबाट संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए । मोर्चाले नेपाली कांग्रेस तथा नेकपा एमालेले भने जस्तो संसदीय समिति गठन नस्वीकार्ने जनाएको छ ।
तर, संसदीय समिति गठनको विषयमा बैठकमा छलफल भएको श्रेष्ठले जानकारी दिए । संविधानसभा निर्वाचनमा भएको धाँधलीको विषयमा छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन नहुँदासम्म संविधानसभामा सहभागी नहुने १८ दलीय मोर्चाको अडान लिदैंआएको छ ।
