समाचारसोमबार, पौष १, २०७०
समानुपातिकको सूचि बुझाउने म्याद बढाउन माग
कोइराला निवास महाराजगन्जमा १ पुसमा बसेको समितिको बैठकले दलहरूबीच सहमतिका लागि संवाद चलिरहेको भन्दै थप समय माग गरेको हो । सात दलका नेताहरूले हस्ताक्षर गरेको विज्ञप्तिमा, “दलहरुबीचमा सहमतिका लागि वार्ता र संवादको कार्य जारी रहेकाले समानुपातिक निर्वाचनका विजयी उम्मेदवारको नामावली पेस गर्ने समयावधि एकहप्ता थप गर्न निर्वाचन आयोग समक्ष अनुरोध गर्ने” भनिएको छ ।
विज्ञप्तिमा काँग्रेस सभापति सुशील कोइराला, नेकपा एमाले अध्यक्ष झलनाथ खनाल, एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरम नेपालका उपाध्यक्ष भरतविलाश यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।
समानुपातिकको सूचि बुझाउने म्याद २५ मंसीरबाट बढाएर ३ पुस बनाएको थियो ।

