समाचारमंगलबार, पौष २, २०७०

सेवा दिने नाममा विमान कम्पनीको ठगी

हिमालखबर

कर्णालीबासीलाई सेवा दिने नाममा निजी विमान कम्पनीले भाडा करिब १३ हजार पु¥याएपछि जुम्लाका अधिकांश यात्रु कर्णाली राजमार्ग हुँदै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

सुर्खेत र नेपालगन्जमा लोड नभएको भन्दै जुम्लाबाट साढे १२ हजार रुपैयाँ प्रतियात्रु भाडा दर कायम गरिएको छ । तर, उडान नियमित नहुँदा महंगो भाडा दर तिरेर पनि हवाई यात्रा गर्नु सहज छैन । जुम्ला विमानस्थलमा चार दिनसम्म टिकटको पर्खाइमा बसेका मालिकाठाँटा–६ का धनबहादुर रावतले विमानस्थलमा टिकट नपाएर बसपार्कबाट कर्णाली राजमार्ग हँुदै जानु परेको बताए ।

उसो त बसमा पनि टिकट पाउन सहज छैन । यहाँको बसपार्कमा दैनिक दुईवटा बस सुर्खेत नेपालगन्जका लागि छुट्छन् तर त्यसमा पनि यात्रुहरुबीच टिकटका लागि धक्कामुक्का हुने गर्छ भने निर्माण सम्पन्न भइनसकेको कर्णाली राजमार्ग हुँदै गन्तव्यमा पुग्दा ‘भाग्यले आइपुगियो’ भन्नुपर्ने अवस्था छ ।

व्यक्तिगत कामको सिलसिलामा नेपालगन्ज जाने धेरैले हवाई जहाजमा जाँदा झन्डै १३ हजार रुपैयाँ खर्च गर्नुपर्छ । विमानस्थलमा रहेका निजी विमान कम्पनीका सबै स्टेसनका कर्मचारीले तलतिर लोड नभएकाले हवाई जहाज घाटामा चलिरहेको र त्यसको खर्च माथितिरबाट जानेबाट उठाउने गरेको जनाएका छन् ।

निजी हवाई कम्पनीले ठगेको, पहँुचका आधारमा टिकट वितरण गर्ने गरेको, सर्वसाधारणलाई वास्तासमेत नगरेको गुनासो जिल्ला प्रशासन कार्यालयमा गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले पनि विमानस्थलमा भइरहेको मनपरी हटाउन सहायक प्रमुख जिल्ला अधिकारी चेतनकुमार खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । छानबिन समितिको पहिलो बैठकले तलतिरबाट लोडसहित हवाई जहाज आए सहुलियत दरमै उडान भर्ने र लोड नभए चार्टर फ्लाइट साढे १२ हजार रुपैयाँ लिएर उडान भर्ने निर्णय गरेको थियो ।

औपचारिकरुपमै निर्णय भएपछि निजी विमान कम्पनी मोटाउने काम काम मात्र भएको स्थानीयवासीको गुनासो छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>