समाचारमंगलबार, पौष २, २०७०

भारी छिट्टै बिसाउन पाइयोस्: मन्त्री न्यौपाने

हिमालखबर

दलहरुले वर्तमान सरकारलाई दिएको संविधानसभाको निर्वाचन गराउने जिम्मेवारी आफूहरुले पूरा गरेकाले अब छिट्टै नयाँ सरकारलाई जिम्मेवारी सुम्पेर भारी विसाउन चाहेको कानून तथा न्यायमन्त्री हरिप्रसाद न्यौपानेले बताएका छन् ।

कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रवेणीदेखि पाहादीसम्मको सुख्खा मौसमी सडक उद्घाटन गर्दै मन्त्री न्यौपानले सरकारको जिम्मेवारीबाट अलग भएपछि आफू गाउँमै आएर विकासका काम गर्ने पनि बताए । उनले भने, “अब छिट्टै मन्त्रिपरिषद् गठन होस्, छिट्टै नै यो भारी बिसाउन पाउँ, त्यसमा हामी आतुर छाँैे ।

उक्त सडक मेसिनरी सामानको प्रयोगबिना जनश्रमबाट मात्रै खनिएको छ । विश्वबैंकको सहयोगमा ग्रामीण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजनाअन्तर्गत रु तीन करोडको लागतमा ९.४ किलोमिटर सडक निर्माण भएको हो ।

सडकले गुल्मीको अति विकट क्षेत्र मानिने ठूलोलुम्पेक, हर्मिचौर, अर्वेनीलगायतका गाविसका जनतालाई आवतजावतमा सहज हुनेछ । कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडकको बाँकी भाग नेपाली सेनाले निर्माण गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>