थप समाचारमंगलबार, पौष २, २०७०
देश सम्झिए भुटानीहरुले (फोटो फिचर)
भुटानको राष्ट्रिय दिवस (१७ डिसेम्बर)को अवसरमा भुटानी शरणार्थीले नेपालमा पनि विविध कार्यक्रम गरेर मनाएका हुन् । शरणार्थीले बेलडाँगी शिविरमा २ पुसमा भव्य कार्यक्रम गरी ड्रयागन अंकित भुटानी झण्डा फर्फराए, मार्चपास गरे र एकै स्वरमा भुटानको राष्ट्रिय गीत गाए ।
उदघोषकले कुजोजाङपो अर्थात् भुटानको राष्ट्रिय भाषा जोङ्खामा नमस्कार भनेर शुरु गरेको कार्यक्रम उहि भाषामा काडिन्छेला अर्थात् धन्यवाद भनेर बिट मारिएको थियो । कार्यक्रममा खेलतमासा, भुटानी लोकगीतमा नृत्य र भुटानमा खेदिँदाको सरकारी दमन झल्काउने नाटक पनि प्रदर्शन गरिएको थियो ।
बेलडाँगी शिविरमा २ पुसमा देखिएका केही दृष्यहरुः
भारतमा शासन गरिरहेको इष्ट इण्डिया कम्पनी सरकारको सोझो घुमाउरो भरथेगमा भुटानको पारो क्षेत्रमा रजौटो चलाइरहेका पेन्लोप उगेन बाङचुकले अरु सानातिना छिमेकी रजौटाहरुलाई मास्दै सन् १९०७ को १७ डिसेम्बरको दिन आफूलाई भुटानको राजा घोषित गरेपछि प्रत्येक १७ डिसेम्बरलाई भुटानले राष्ट्रिय दिवश मान्दै आएको छ ।
शब्द/तस्वीरः गोपाल गडतौला, दमक






