समाचारबुधबार, पौष ३, २०७०

छानविन आयोग गठन हुँदैनः ओली

हिमालखबर

एमाओवादीले निर्वाचनको परिणाम नस्वीकारेर जनताको अपमान गरेको भन्दै एमाले नेता केपी ओलीले एमाओवादीले भनेजस्तो स्वतन्त्र छानविन आयोग गठन नहुने बताएका छन् । उनले संसदीय आयोग भने गठन हुने स्पष्ट पारे ।

“सडकबाट आयोग गठन गर्ने कुरा हुँदैन, आयोग संसदबाटै गठन हुन्छ,” रिपोर्टर्स क्लबको टोलीसँग ३ पुसमा कुरा गर्दैं ओलीले भने, “त्यो आयोगले दिएको सुझावको आधारमा भविष्यमा हुने चुनावमा त्यस्ता गल्ती कमजोरी सुधार्ने हो । अहिले केही हुँदैन ।”

उनले अगाडि भने, “ अब नयाँ संविधान बनाउन लाग्ने बेलामा कहाँ पुरानो संविधान संसोधन गर्न तर्फ लाग्ने, यस्तो नहुने कुरा नगरौं ।

‘उरासको काम छैन’
संविधानसभाको निर्वाचनपछि परिस्थिति परिवर्तन भईसकेको भन्दै उनले उच्चस्तरीय राजनीतिक समिति (उरास)ले कुनै निर्णय गर्न नपाउने बताए ।

उनले कसैलाई सन्तोष दिन एक–दुई दिनका लागि आयोग कायम रहेको दाबी गरे । यद्यपि उनले समितिको अहिलेसम्मको कार्यकालको लागी धन्यवाद दिदै अब समिति आवश्यक नभएको स्पष्ट पारेका थिए ।

‘सूची बुझाउने म्याद थप हुँदैन’
अब फेरि समानुपातिकतर्फबाट मनोनित सभासदहरुको नाम बुझाउने म्याद थप्न नसकिने पनि ओलीले बताए ।

उनले भने, “फेरि पनि समानुपातिकको सूची बुझाउने समय थप्नु भनेको प्रक्रिया लम्ब्याउनु मात्रै हो । अब त्यस्को आवश्यकता छैन । म्याद थपेर दलले पाएको सिट बढ्ने होईन ।”

उनले दलहरुले १ वर्षभित्र संविधान बनाउने प्रतिवद्धता ब्यक्त गरे पनि संविधानले ४ वर्षभित्रमा संविधान बनाउने कल्पना गरेकोले राष्ट्रपतिलाई संविधान जारी गरुन्जेलसम्मका लागि राख्न नसकिने धारणा व्यक्त गरे ।

कांग्रेस र एमालेलाई सहमतिका साथ अघि बढ्न जनताले म्याण्डेट दिएकोले त्यसै अनुसार सहमति गरि एक वर्षभित्र संविधान निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने ओलीको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>