समाचारबुधबार, पौष ३, २०७०
एमाओवादी प्रतिपक्षमा बस्छः रायमाझी
रिपोर्टर्स क्लबले ३ पुसमा गरेको कार्यक्रममा एमाओवादी नेता रायमाझीले एमाओवादी प्रतिपक्षमा बस्ने बताएका छन् । उनले एमाओवादीले सरकारमा जाने बारेमा नसोचेको प्रष्ट पारे ।
एमाओवादी संविधानसभामा सहमतिकासाथ अघि बढ्ने र संसदमा प्रतिपक्षमा बस्ने उनको भनाई छ । “सहमतिमा संविधान जारी गर्ने गरी संबैधानिक ब्यवस्था र निर्वाचनमा भएको धाँधलीको छानविनको विषयमा दलहरु सहमतिको नजिक पुगेका छन्,” उनले भने, “सहमतिपछि हामी निर्वाचन आयोगलाई समानुपातिकतर्फको नाम बुझाउछौं ।”
एमाओवादी सहित पहिचान पक्षधरहरुको दुई तिहाई बहुमत हुँदा समेत पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेको स्मरण गर्दै उनले अहिले कसैको पनि त्यस्तो स्थिति नरहेको अवस्थामा दोस्रो संविधानसभाबाट संविधान जारी गर्नु फलामको च्यूरा चपाउनु सरह हुने तर्क गरे ।
