थप समाचारबिहीबार, पौष ४, २०७०
सामूहिक बलात्कारपछि हत्या
संखुवासभा मकालु–७ की डोमा शेर्पाको हत्या अभियोगमा १४ मंसीरमा पक्राउ परेका वाङदी शेर्पाले २ मंसीरमा डोमालाई दुईजना मिलेर जंगलमा बलात्कार गरेको र त्यसको पोल खुल्ने डरले उनको हत्या समेत गरेको प्रहरीलाई बयान दिएका छन् ।
घरायसी कामका क्रममा पूर्णिमाबजार गएकी डोमालाई गाउँलेहरुले एक हप्तापछि मकालु गाबिस–७ को गोम्बे जङगलमा मृत अवस्थामा फेला पारेका थिए । आरोपी लाक्पा वाङदी शेर्पाले दिएको बयान अनुसार, पूर्णिमा बजारबाट घरसम्म पु¥याइदिन्छौं भनी मकालु–५ कै ३५ बर्षीय फुदोर्ची शेर्पा र वाङदी डोमासँगै हिंडेका थिए । बाटोमा पर्ने जङगलमा पुगेपछि उनीहरुले डोमालाई बलात्कार गरेका थिए र त्यसको पोल खुल्ने डरले हत्या गरेका थिए ।
बलात्कारपछि पीडितले ‘मेरो ईज्जत लुट्ने तिमीहरुलाई छाड्दिन’ भनेपछि आफूहरुले डोमाको यौनाङगमा घोंचा र ढुङगा प्रहार गरी हत्या गरेको लाक्पाले बयान दिएका छन् । डोमाको साथमा रहेको दुई लाख रुपैयाँ समेत लुटेको उनीहरुले बताएका छन् ।
अर्का आरोपीत फुदोर्ची भने अझै फरार छन् । दुवै अभियुक्त विरुद्ध कर्तव्य ज्यान, जबर्जस्ती करणी र लुटपाट सम्बन्धी मुद्दा दायर भएको छ ।
छेटु शेर्पा, सङ्खुवासभा
