थप समाचारबिहीबार, पौष ४, २०७०

हत्या आरोपी पक्राउ

हिमालखबर

जिल्ला प्रहरी कार्यालय चितवनले दुई बर्षदेखि फरार एक जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न रहेको अभियोग लागेका चितवन, मंगलपुर–२ का बिश्वप्रकाश बास्तोलालाई प्रहरीले ३ पुसमा पक्राउ गरेको हो ।

उनलाई प्रहरीले ४ पुसमा सार्वजनिक गरेको छ । बास्तोलामाथि पश्चिम चितवनको मंगलपुर घर भएका बिराज बिकको हत्या गरेको आरोप छ । बिकको धारिलो हतियार प्रयोग गरी १ असोज २०६८ मा हत्या भएको थियो ।

सो घट्नामा प्रहरीले तत्काल ११ जनालाई पक्राउ गरेकोमा एक जनालाई अदालतले साधारण तारेखमा छाडेको थियो भने अरु १० जना पुर्पक्षका लागि थुनामा छन् ।

बास्तोलाले ८ असोज २०६९ मा भरतपुर–१३ कल्याणपुरका अमृतकुमार श्रेष्ठलाई धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएको र सो घटनामा संलग्न भएको अभियोगमा ज्यान मार्ने उद्योगअन्तर्गत पनि मुद्धा चल्ने प्रहरी नायव उपरीक्षक संजय राउतले जानकारी दिए ।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>